modibeni Nepali Film

‘लूट’ को प्रदर्शन पछि गति लियो

 विसं २०६५ पछि ‘कागबेनी’ र ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शन पछि गति लियो। यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो।

पूरा चलचित्र हेर्न

कलाकार , पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अरु चलचित्र भन्दा फरक ‘लूट’ ले नयाँ अध्यायको सुरुवात गर्यो। देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ।

पूरा चलचित्र हेर्न

त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे। दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो। अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ।

पूरा चलचित्र हेर्न

सेयर गर्नुहोस्