भदौको २१ गतेबाट प्रद्शनमा आउने फिल्म ‘देवी’ को टिजर सार्वजनिक भएको छ । समाजमा बढ्दो बलात्कारको घटनाको विरुद्धमा यो फिल्म बनेको छ ।
टिजरमा केही बर्ष अगाडि सुदुरपश्चिममा घटेको नाबालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई उठान गरेको देख्न सकिन्छ।
संजोग राईको निर्देशनमा बनेको यस फिल्मलाई निर्देशक आफै र अजय गौतमले मिलेर लेखेका हुन् । रेमन गुरुङ, नारायण राई र संजोग राइको लगानी रहेको यस फिल्ममा जोएल फ्रोमलेको छायांकन, सन्जेन थापाको एक्सन उजेन नोर्बे गुरुङ र मिलन लामाको सह निर्माण रहेको छ ।
एक्जिबिटी स्टुडियोको प्रस्तुति र बाँसुरी फिल्मसको सहकार्यमा निर्माण भएको यस फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।