महानायक राजेश हमाल ५ वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्ने एक्सन थ्रिलर फिल्ममा अभिनेता हमाल अनुबन्धित भएका हुन । निर्माता तथा निर्देशक भट्टराई र अभिनेता हमालबीच केही दिन अगाडी लिखित सहमति भएको हो ।
सामाजिक कथावस्तुमा आधारित रहने यस फिल्मलाई एक्सनप् फिल्म बनाउने तयारी रहेको छ । फिल्ममा हमालको शीर्ष भूमिका हुनेछ । फिल्मको नाम भने अझै तय गरिएको छैन ।
फिल्मको लेखन र निर्देशन भट्टराईकै रहने छ । भदौदेखि काठमाडौं, पोखरा र मुस्ताङमा फिल्म छायांकनको तयारी रहेको निर्माण पक्षले जानकारी दिएका छन्।