बलिवुड फिल्म स्टार जोन अब्राहीम अभिनित फिल्म ‘वेदा’ को केहि दिन अगाडी ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर हेर्दा यो फिल्म एक साहसी गोर्खा वारियरको शक्तिको कथामा बनेको देख्न सकिन्छ।
निखिल अड्वानीको निर्देशनमा तयार भएको यस फिल्मलाई असीम अरोराले लेखेका हुन्। जी स्टुडियो, उमेश केआर बनसल, मोनिशा अड्वानी, मधु भोज्वानी, जोन अब्राहम को संयुक्त लगानी रहेको छ भने मिनाक्षी दासको सह- लगानी रहेको छ।
जी स्टुडियो र जेए इन्टरटेन्मेन्टको प्रस्तुति र एम्मय इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा जोन अब्राहमका अलावा तमन्नाह भाटिया, शर्वारी, अभिषेक बनर्जी लगायत कलाकारहरुको अभिनय रहेको छ। यो फिल्म १५ अगस्टमा प्रदर्शन हुदैछ।