नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलो पटक एआईबाट निर्माण भएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेपलिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो चर्चित गीत ‘थाकिसकेँ’ को एआईबाट निर्माण भएको भिडियो आइतबार राष्ट्रिय टेलिभिजन मार्फत सार्वजनिक गरिएको हो।
विवेक पोखरेलको शब्द र ग्रामी अवार्डको नोमिनेसनमा पर्न सफल मनोज सिंहको बाँसुरीको संगीतमा शाश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ। सन् २००८ मा सार्वजनिक ‘थाकिसकेँ’ गीत ब्यान्डको द भाइब्ज जेनेरेसन एल्बममा समावेश थियो ।
भिडियोमा एआईको निर्देशनअनुसार केटाकेटीको प्रेम र बिछोडको दृश्यलाई प्रस्तुत गरिएको छ। एआई द्वारा बनेको भिडियोमा इनडोर र आउटडोर सबै दृश्यहरु देखाइएको छ ।