बाबु साहेब बलामीको निर्देशनमा बन्न लागेको फिल्म ‘माइली’ काठमाण्डौ स्थित भद्रकाली हिजो सोमबार मन्दिरमा मुहुर्त गरिएको हो। मुहूर्तमा प्रमुख कलाकार र प्राबिधिकहरुको उपस्थिति थियो।
प्रियंका कार्की र नयाँ कलाकार कमला घिमिरेले मुहुर्त सट दिएका हुन्। रुना इन्टरटेन्मेंटको ब्यानरमा निर्माण हुन् लागेको यो फिल्ममा शंकर अधिकारिको गीत, पटकथा र सम्बाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन र समीर मियाँको सम्पादन रहने छ।
आज मंगलबारबाट छायांकन सुरु भएको यस फिल्ममा करिश्मा मानन्धर, प्रियंका कार्की, शर्मिला मल्ल, सुष्मा लामा, कमला घिमिरे, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारि, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहने छ।