दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेरा : घर नं २’ मा अभिनेत्री केकी अधिकारी र उपासना सिंह ठकुरि फाइनल भएका छन्। यस अघि अभिनेता खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत फाइनल भइसकेका थिए।
ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियशनकी व्यानरमा निर्माण हुने यो फिल्मका लगानीकर्ता किरण महर्जन, राजिव श्रेष्ठ र शरद श्रेष्ठ हुन् । फिल्मका कार्यकारी निर्माता भने युवराज कार्की हुन । साउन २५ गते देखि फिल्मको छायांकन सुरु हुने निर्माण पक्षले जनाएका छन् ।
बुद्धि सागरको लेखनमा तयार हुन लागेको यस फिल्मलाई काठमाडौँमा रिच इन्टरटेनमेन्ट र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्ने भएको छ।