१३ भाषामा प्रदर्शन हुने साउथ इन्डियन फिल्म ‘मार्टिन’ को ट्रेलर सार्वजनिक।

दक्षिण भारतिय फिल्ममा एक्सन प्रिन्स उपनामबाट चिनिने अभिनेता ‘धुर्व सर्जा’ को नया एक्सन फिल्म ‘मार्टिन’ को ट्रेलर केहि दिन अगाडी सार्वजनिक भएको छ। भारतीय १०० करोड बजेटमा बनेको यो  फिल्म हिन्दि, तेलगु, तमिलमा मात्र नभई रसियन, जापानिज गरेर १३ ओटा भाषामा प्रदर्शन हुदैछ। 

एपी अर्जुनको निर्देशनमा बनेको यस फिल्ममा उदय के मेहता र सुरज उदय मेहताको लगानी रहेको छ। यस फिल्ममा स्वामीजी, ध्रुव सर्जा, उदय के मेहता, एपी अर्जुन र अरुण बालाजीको संयुक्त पटकथा लेखन रहेको छ। 

अर्जुन सर्जाको कथामा बनेको यस फिल्ममा ध्रुव सर्जाका अलावा वैभवी शंदिल्या, अन्वेशी जेन, जर्जिया एन्ड्रीयानी, चिक्कन्ना माल्विका अविनाश, निकितन धीर लगायत कलाकारहरुको अभिनय रहेको छ। 

सत्या हेग्डेको छयांकन रहेको यस फिल्ममा केएम प्रकाश र एमएस रेड्डीको सम्पादन, रवि बसुरको ब्याक्ग्राउन्ड स्कोर र राम लक्ष्मण, डाक्टर के रवि वर्मा, गणेश र मास माडाको एक्सन रहेको छ। 

मणि शर्माको संगीत रहेको यो फिल्म अक्टुबर ११ मा प्रदर्शन हुदैछ।

ट्रेलर हेर्नुहोस।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *