रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरि ट्रेलर सार्वजनिक गरिएको हो। फिल्म प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले पनि अतिथि भुमिका निभाएका छन्।
२ मिनेट २४ सेकेन्ड लामो ट्रेलरमा एसिड आक्रमणको घटनालाई प्रस्तुत गरेको छ । निरज कँडेलको छायांकन रहेको यस फिल्ममा बनिश शाह र सन्देश शाहको शाहको सम्पादन, ओम सुनारको संगीत, किरण दाहालको एक्सन र शिवम् अधिकारीको लेखन रहेकाे छ।
भदौ ७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय छ ।