साउथ इन्डियन स्टार नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले इन्गेजमेन्ट गरेका छन् । नागा चैतन्यका बुवा नागार्जुनाले फेसबुकमार्फत उनीहरूको इन्गेजमेन्ट भएको जानकारी दिएका हुन् ।
केही समय अगाडि मात्र अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रूथ बीच सम्बन्ध विच्छेद भएको थियो। मिडियाका अनुसार उनीहरू शुटिङको क्रममा एकअर्कालाई भेट्ने गर्थे ।
केही वर्ष अगाडि देखि नागा चैतन्य र शोभिताको डेटिङको चर्चा भइरहेको थियो । भारतीय मिडियाका अनुसार इन्गेजमेन्टका लागि नागा चैतन्यले आफ्नो नयाँ फिल्म ‘थन्देल’ को शुटिङबाट १ दिनको बिदा लिएका थिए ।