दिपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्म ‘के घर के डेरा : घर नं २’ को छायांकन आजबाट सुरु भएको छ। निर्देशक खनालले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत तस्बिर सेयर गर्दै जानकारी दिएका छन्।
ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण हुने यस फिल्मका कलाकार आर्यन सिग्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, केकी अधिकारी, उपासना सिंह ठकुरि लगायत कलाकारहरु र प्राविधिक टिम शुटिङ सेटमा उपस्थित देखिएका छन्।
बुद्धि सागरको लेखनमा तयार हुन लागेको यस फिल्ममा किरण महर्जन, राजिव श्रेष्ठ र शरद श्रेष्ठको लगानी रहेको छ भने युवराज कार्की कार्यकारी कार्यकारी निर्माता हुन् ।