महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ को प्रदर्शन मिति सरेको छ । माघ ११ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब फाल्गुन २१ बाट प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएका छन् ।
मिलन चाम्सको निर्देशनमा बनेको यस फिल्ममा एञ्जिला आफै मुख्य भूमिकामा छिन् । उनका अलावा फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुनिल थापा, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रेम कुमार श्रेष्ठको निर्माण रहेको यस फिल्ममा सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माताको रुपमा रहेको यस फिल्मलाई मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो।