ब्लकबस्टर हलिउड साइन्स-फिक्सन फिल्म ‘अवतार ३’ को औपचारिक टाइटल र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्देशक जेम्स क्यामरुन, कलाकार जोय साल्दाना र साम वर्थिङ्टनले टाइटल लोगो सार्वजनिक गरेका हुन ।
सन २०२५ क्रिसमसमा प्रदर्शनमा आउने यस फिल्मको तेस्रो श्रृंखलाको नाम ‘अवतार : फायर एण्ड एस’ राखिएको छ । निर्देशक क्यामरुनले सन् २०२२ मा ‘अवतार : द वे अफ वाटर’ सँगै यो फिल्मको छायांकन गरिसकेका थिए ।
निर्देशकका अनूसार यसअघि कहिल्यै नदेखेको पाण्डोरामा यसमा देख्न सकिने छ। यस भन्दा अगाडिका फिल्म भन्दा यस फिल्ममा भावनात्मक पक्ष पनि धेरै मिसिएको छ ।