दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पन्जा ५’ को पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको यस गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द र दीपक शर्माको संगीत छ ।
रोमान्टिक डान्स सँगै लोक लयमा तयार पारिएको यस गीतको भिडियोमा दीपकराज गिरी र बर्षा शिवाकोटीलाई देख्न सकिन्छ। यस गीतमा सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन् ।
हरि हुमागाईको छायांकन रहेको यस फिल्ममा विपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको एक्सन र देवानन्द गिरीको भिएफएक्स रहेको छ । यो फिल्म असोज २४ गते फूलपातीको दिनबाट प्रदर्शन हुने भएको छ।