स्वीट्जरल्याण्डको चर्चीत फिल्म फेस्टिभल ‘लोकार्नो फिल्म फेस्टिभल’ मा हिजो सोमबार नेपाली फिल्म ‘शाम्बाला’ को विशेष स्क्रिनिङ भएको छ । स्क्रिनिङ अगाडि निर्देशक मिन भाम र कलाकार कर्मा र थिन्ले ल्हामोको पत्रकार सम्मेलन गरि फोटोसुट पनि भएको थियो ।
निर्देशक मिन भामको यो दोस्रो फिचर फिल्म हो। तिबत्ती र नेपाली भाषामा बनेको फिल्म बर्लिन फिल्म फेस्टिवलमा वर्ल्ड प्रीमियर भएको थियो ।
नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथाको कथालाई समेटेको यो फिल्म नेपालमा भदौ २८ गते बाट प्रदर्शन हुँदैछ ।