सिमोस सुनुवारको निर्देशन रहेको फिल्म ‘जन्ते बाख्रो’ मा अभिनेता आसिफ शाह अनुबन्धित भएका छन् । यसअघि फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भइसकेका छन् ।
प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको यस फिल्ममा सन्तोष गौतम र सिमोस सुनुवारको लगानी रहनेछ भने हरि हुमागाँइले फिल्मलाई छायांकन गर्दै छन् । अभिनेत्री र अन्य कलाकारहरूका लागि भने अडिसन आह्वान गरिएको छ ।
कमेडी कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मलाई मुईन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्दैछ । फिल्मको छायांकन तिहारपछि सुरु हुने निर्देशक निर्माण पक्षले जानकारी दिएका छन्।