EFA Admission Open

फिल्म ‘ह्रस्व-दीर्घ’ को प्रदर्शन मिति सरेको छ।

असाेज ०३ गते प्रदर्शनमा आउने फिल्म ‘ह्रस्व-दीर्घ’ को प्रदर्शन स्थगित भएको छ । निर्माण पक्षले असोज ३ गते फिल्म प्रदर्शन नहुने भनेर सामजिक संजाल मार्फत जानकारी दिएका छन् ।

मुम्बईमा फिल्मको सम्पादनको काम चलिरहेको र प्राविधिकरुपमा फिल्मलाई अझ उत्कृष्ट बनाउनुपर्ने भएकोले फिल्मको प्रदर्शन मिति सारिएको निर्माण पक्षले जनाएको छन्।

निर्मात्री तथा अभिनेत्री नीता फेसबुकमा लेख्छिन् “हाम्रो चलचित्र ‘ह्रस्व दीर्घ’ लाई दर्शक, शुभचिन्तक, चलचित्रकर्मी तथा मिडियाकर्मीले दिनुभएको स्नेह र साथप्रति कृतज्ञ छु । नेपाली चलचित्र क्षेत्रमा केहि नयाँ र भिन्न गर्ने सोचले नेपालीसँगै भारतीय चलचित्रका कलाकार र प्राविधिक जोडेर ठूलो जोखिमकाबीच हामी यो चलचित्र निर्माणमा जुटेका थियौं । निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषत: प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं ।”

नयाँ प्रदर्शन मितिका लागि वितरण कम्पनीसँग निरन्तर छलफल र संवाद अघि बढिरहेको पनि निर्माण पक्षले जानकारी दिएका छन् । अब असोज ०३ मा सुशिल श्रेष्ठ अभिनित फिल्म ‘आउट ल’ र धीरज मगर अभिनित ‘खुस्मा’ प्रदर्शन हुँदैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *