मल्लिका महत अभिनित फिल्म ‘सतीदेवी’ को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा लक्ष्मण सुवेदीको लेखन, दीपक शर्माको संगीत, रहेको छ भने प्रताप दास र दीपा लामाले गीत गाएका छन् ।
लक्ष्मण सुवेदीको लेखन, निर्देशन र निर्माण रहेको यस फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोक प्रसाद र श्रीदेवी सुवेदीको लगानी रहेको छ।
भदौको ७ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा तारा थापाको सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन रहेको छ।
सार्वजनिक म्यूजिक भिडियोमा मल्लिका र सन्दिप बाबु लोहनीलाई देख्न सकिन्छ भने फिल्ममा उनीहरूका अलावा हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायत कलाकारको अभिनय रहेको छ।