एक्सन स्टार विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाँउ’ को एक्सनले भरिपूर्ण टिजर सार्वजनिक भएको छ। विराजका छोरा समीर भट्टको यो डेब्यू फिल्म पनि हो। टिजरमा समीरले गरेको एक्सन हेर्दा, नेपाली फिल्ममा नयाँ एक्सन हिरोको आगमन भएको भन्दा फरक नपर्ला।
सन्तोष सरकारको लेखनमा तयार भएको यस फिल्मकी निर्मात्री सरस्वती भट्ट हुन्। विराज भट्ट फिल्म प्रोडक्सनको व्यानरमा बनेको यस फिल्ममा भूपेन्द्र अधिकारी (काठमाडौँ) र केएल प्रविन (चेन्नाई) को सम्पादन रहेको छ।
अर्जुन पोखरेल र निरज सिंहको शब्द/संगीत रहेको यस फिल्ममा नकाश अजीज, शाहिद मल्ल्या, र संजीवनीको स्वर रहेको छ। रामजी लामिछाने र सुनिल क्षेत्रीको नृत्य कोरियोग्राफी रहेको छ भने कालाचरणको ब्याकग्राउन्ड स्कोर रहेको छ।
महेश पौडेल र राजु लामाको छायांकन रहेको यस फिल्ममा समीर भट्ट सँगै दिया मास्के, मुरलीधर, कनीज कोइराला, भीष्म जोशी, न्यान्सी खड्का, सनिशा भट्टराई, नरेन खड्का, कृष्ण भट्ट, तारा शर्मा, सुलेमान शंकर, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
असोजको २४ गते अर्थात फूलपातीको दिनबाट प्रदर्शन हुने पक्का भएको छ । सोही मितिमा अर्का २ फिल्म छक्कापन्जा र ज्वाइँ साब पनि प्रदर्शन हुँदैछन् ।