अस्ट्रेलियाको मेलबर्नमा आयोजित ‘इण्डियन फिल्म फेस्टिभल’ २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सब कन्टिनेन्ट’ को अवार्ड फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुट्केस’ ले जितेको छ । गत वर्ष नेपालमा प्रदर्शन भएको यो फिल्म भेनिसिसमा वर्ल्ड प्रीमियर भएको थियो ।
शुक्रबार सम्पन्न भएको अवार्डमा फिल्मले उपमहाद्विपकै उत्कृष्ट फिल्मको पुरस्कार जितेको हो।
फिल्ममा सौगात मल्ल, बिपिन कार्की, प्रवीण खतिवडा र सृष्टि श्रेष्ठको अभिनय रहेको छ।
यो अवार्डमा ‘ट्वेल्थ फेल’ सर्वोत्कृष्ट फिल्म घोषित भयो भने ‘लापता लेडिज’ ले क्रिटिक्स च्वाइस फिल्मको अवार्ड जितेको छ । कार्तिक आर्यनले ‘चन्दु च्याम्पियन’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेसँगै फिल्म ‘उल्लोजुक्कु’ बाट पार्वती तिरुवुतुले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।