फिल्म ‘नरसिंहा अवतार’ मा सरोज खनाल पक्का।

देवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘नरसिंहा अवतार’ मा कलाकारहरुको लाइनअप धमाधम भइरहेको छ । महानायक राजेश हमाल, नीति शाह र सानिशा भट्टराई सँगै अब अभिनेता सरोज खनाल पनि फाइनल भएका छन् ।

निर्माण पक्षका अनुसार सरोज खनाल र डेब्यु अभिनेत्री दीपा शाही बीच लिखित सम्झौता भएको जानकारी निर्माण पक्षले दिएका छन् । सरोज खनाल र राजेश हमाल ‘तडक’ पछि एउटै फिल्ममा देखिने भएका छन्।

क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुने यो फिल्म यही भदौ देखि छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *