‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि टीम प्रमोद खरेलकी प्रतिस्पर्धी अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा सो उपाधि जितेकी छन् ।
प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए भने कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका हुन ।
विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायत अतिथीहरुले पुरस्कार प्रदान गरे । अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको हो ।