मिलन चाम्स निर्देशीत फिल्म ‘वर एण्ड वधु’ को ट्रेलर केही दीन अगाडि सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
जानुका थापाको लगानी रहेको यस फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपाने लगायत कलाकारहरुको अभिनय रहेको छ।
सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ।
नेपाल र रोमानियाको लोकेशनमा खिचिएको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माणको छ।
फिल्म भदौ १४ गते देखि प्रदर्शनमा आउँदैछ ।