EFA Admission Open

अरुणिमा लम्सालले गरिन् मागी विवाह।

अभिनेत्री अरुणिमा लम्सालले धरानका युवराज श्रेष्ठसँग सोमबार काठमान्डौं  बत्तिसपुतलीस्थित राम मन्दिरमा मागी विवाह गरेकी छन् । उनले केही दिन अगाडि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेकी हुन् ।

श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनीहरूले आफ्ना नजिकी आफन्त र परिवारको उपस्थितिमा विवाह गरेका हुन । अरुणिमाले केही वर्ष अगाडि पूर्व श्रीमानसंग डिभोर्स गरेकी थिइन्।

कुनै समयकी चर्चीत नायिका अरुणिमा अहिले फिल्ममा भने देखिएकी छैनन । उनले अभिनय गरेका सुपर हिट फिल्महरु धड्कन, अभिमन्यु, दाग, भरोसा लगायत फिलमहरुबाट राम्रो चर्चा कमाएकी हुन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *