जोन योन्जनको निर्देशनमा बनेको फिल्म ‘आँखा’ को प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले फिल्मको नयाँ पोष्टर सार्वजनिक गर्दै असोज ११ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएका छन् ।
सार्वजनीक पोष्टरमा स्मिता लामिछाने र आरके मेहतासँगै सुकुम्बासी बस्ती र सूर्यमुखी फूललाई देख्न सकिन्छ । फिल्ममा निर्देशक योञ्जनकै कथा, पटकथा रहेको छ भने निर्माता पनि उनी आफै हुन ।
ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा निशा अधिकारी, वुद्दि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ।
कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहेको यस फिल्ममा नारायणप्रसाद बराल कार्यकारी निर्माता हुन भने रेनुका कार्की सह–निर्माता हुन् । राम बस्नेत लाइन प्रोड्युसरको रुपमा छन् ।