अभिनेता विपिन कार्कीकी आमा सरस्वतीको उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ । ४ दिनदेखि भेन्टिलेटरमा राखेर आमाको उपचार गरिँदै आएको र उनी विभिन्न दीर्घरोगबाट पीडित पनि भएको बताइएको छ।
पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएपछि बिपिन पछिल्लो फिल्मको शुटिङ बीचमै छाडेर काठमाडौं आएका थिए। बिपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
परिवार, आफन्त, चलचित्रकर्मी, कलाकार र सहकर्मीहरूले यो दुःखद घडीमा आमालाई श्रद्धाञ्जली दिँदै कार्की परिवारलाई समवेदना व्यक्त गरेका छन ।