‘बेहुली फ्रम मेघौली’ को टिजर सार्वजनिक ।

निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिजर सार्वजनिक भएको छ। टिजरमा उमेर कटिसकेको युवतीको मागी विवाहको प्रयास गरिरहेको र भेटेका केटाहरुमा केही न केही समस्या देखा पर्छ र विवाह असफल भएको देख्न सकिन्छ।

साजन काफ्ले र आकाश बरालको लेखन/निर्देशन रहेको फिल्ममा विजय बराल, लोकेन्द्र लेखक, वसुन्धरा भुसाल, टीका पहारी, सिरु बिष्ट, अमीर गौतम, सिम्रन खड्का, शिशिर सिवाकोटी, लुनिभा तुलाधर, रक्षा थापा, मुकुन्द मैनाली, रामबाबु रेग्मी, भोलाराज सापकोटा, भीष्म जोशी, प्रभाकर शर्मा, लगायत कलाकारहरुको अभिनय रहेको छ।

स्वस्तिमा र निश्चल बस्नेतको निर्माण रहेको यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन जयन जे वाइबा र कुशल पोखरेलको संगीत रहेको छ। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको प्रस्तुती रहेको यो फिल्म असोज १७ गते घटस्थापना को दिन देखि प्रदर्शनमा आउँदैछ छ । 

टिजर हेर्नुहोस।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *