‘पिताम्बर’ मा दयाहाङ राइ पनि ।

कृषा चौलागाईको निर्देशन रहेको फिल्म ‘पिताम्बर’ मा दयाहाङ राइ पनि अनुबन्धित भएका छन्।  वर्कसप चलिरहेको यो फिल्मको दोस्रो चरणको छायांकन केही दिनपछि सुरु हुने निर्माण पक्षले जानकारी दिएका छन्।

पहिलो चरणको छायांकन गतवर्ष भइसकेको छ । विशाल चौलागाईंको निर्माणमा बन्ने यस फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आर्यन सिग्देल, आँचल शर्मा, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी लगायत कलाकारहरुको अभिनय रहेको छ।

प्रदीप भारद्वाजको लेखन रहेको छ भने फिल्ममा दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, विशाल पहारीको पनि विशेष भूमिका रहेको छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *