महानायक राजेश हमाल अभिनित फिल्म ‘नरसिंहा: अवतार’ मा कलाकारहरुको लाइनअप धमाधम भइरहेको छ। केही दिन अगाडि फिल्ममा अभिनेता राज कटुवाल पनि अनुबन्धित भएका छन् । उनी फिल्ममा जोडिए सँगै फिल्मको मुख्य कलाकारहरुको कास्टिङ पूरा भएको छ ।
दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्ममा नीति शाह, सरोज खनाल, निर शाह, प्रशान्त ताम्राकार सनीशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् । फिल्मको छायांकन यही महिनाको अन्तिम साताबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएका छन्।
क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुने यस फिल्मको प्रदर्शन मिति केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले जनाएका छन् ।