फिल्म ‘देवी’ को टाइटल गीत सार्वजनिक ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘देवी’ को गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ । गीतमा रोहित शाक्यको संगीत र स्वप्नील शर्माको संगीत रहेको छ भने मिङ्मा डि लेप्चाको नृत्य निर्देशन रहेको छ।

डेब्यु निर्देशक संजोग राईको निर्देशनमा तयार भएको फिल्ममा यौनहिंसाविरुद्धको कथा रहेको छ। फिल्ममा शिल्पा सँगै नाजिर हुसेन, गौरव पहारी, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, विशाल पहारी, निरिक्षा घतानी, निरु खड्का, जीवनजंग खड्का, विकास पन्तको अभिनय रहेको छ।

एक्जिबिट स्टुडियोको प्रस्तुति र बाँसुरी फिल्मसको सहकार्यमा बनेको यस फिल्ममा रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको छ भने जावेद खान कार्यकारी निर्माताका रुपमा रहेका छन्। जोएल फ्रोमको छायांकन रहेको फिल्ममा निर्देशक राईलाई अजय गौतमले पटकथा लेखनमा सघाएका हुन ।

गीत यस्तो छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *