सौगात मल्ल अभिनित फिल्म ‘बम बहादुर’ को फस्टलुक सार्वजनिक गर्दै कार्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरेको छ । जोन राईको निर्देशन रहेको यो फिल्म सामाजिक सँगै सस्पेन्स र थ्रिलर जनरामा बनेको छ ।
सञ्जीव राईको निर्माण रहेको यस फिल्ममा सौगात मल्ल, प्रशान्त राई, अनिशा राई, भास्कर प्रधान महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ट, रिया भुजेल, लगायत कलाकारहरुको अभिनय रहेको छ।
बिष्ट ब्रदर्स फिल्म्स प्रा.लिको निर्माणमा बनेको फिल्ममा जोन राई र रुपेश तामाङको कथा, सुजोय कुमार घोषको छायांकन ज्ञान गुरुङको सम्पादन रहेको छ।