फिल्म ‘सानो संसार’ को गीत सार्वजनिक ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा काठमान्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी  फिल्म ‘सानो संसार’ को गीत ‘मग मग फूलबारी बसायो’ सार्वजनिक भएको छ ।

सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार भएको फिल्म फिल्ममा सीतादेवी तिमिल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।

सरिसमा खत्री र सिद्धार्थ पुडासैनीको लेखन रहेको यस फिल्ममा प्रवीण खड्काको छायांकन रोमी मोसिस तण्डुकारको सम्पादन रहेको छ। सार्वजनिक गीतमा राजन राज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने राजन राजकै शब्द/संगीत रहेको छ।

अर्जुन कुमारको निर्माण र माधव वाग्ले कार्यकारी निर्माता रहेको यो फिल्म असाेज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ।

गीत यस्तो छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *