जेपिटी क्रिएसनको ब्यानरमा बन्न लागेको फिल्म ‘लाज शरणम’ मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् । केही समय अगाडि निर्माण घोषणा भएको यस फिल्मलाई कुमार कट्टेल ‘जिग्री’ ले निर्देशन गर्दै छन् भने लेखन पनि उनकै रहेको छ ।
नवीन श्रेष्ठको निर्माण रहेको यस फिल्मका सह- निर्माता राम नरेश शाह हुन् । फिल्मले मुलुक र नागरिकले भोग्नुपरेको समस्याकाे यथार्थ चित्रण गर्ने निर्माण पक्षले जनाएको छन् ।
२ करोड बजेटमा बन्ने यस फिल्मका अन्य कलाकारहरु पनि केही समय अगाडि फाइनल भइसकेका छन् । फिल्मलाई फाल्गुन १४ गते महा शिवरात्रीमा प्रदर्शन गर्ने तयारी रहेको छ।
फिल्ममा विजय बराल, कुमार कट्टेल, अर्जुन घिमिरे, महेश त्रिपाठी, रेनुनाथ योगी मुकुन्द श्रेष्ठ, कमलमनी नेपाल, सागर लम्साल, दीपक आचार्य, हरिश निरौला, माला लिम्बु लगायत कलाकारहरुको अभिनय रहने छ।