जितु नेपालको ‘ज्वाइँ साब’ को टिजर सार्वजनिक ।

बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाइँ साब’ को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य पात्रले बिहेको संघर्ष गरेको र घर ज्वाइँ बस्न गएको अवस्थालाई कमेडी जनरामा देखाइएको छ। 

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यस फिल्ममा मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको छ । विजय बस्याल फिल्मका  कार्यकारी निर्माता हुन।

फूलपातीको अवसर पारेर असोजको २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा जितु नेपाल, नीति शाह, वुद्दि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, ईशान राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा शंकर धितालको लेखन रहेको छ भने सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्रकारको संगीत छ ।

टिजर हेर्नुहोस।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *