प्रदीप खड्का अभिनित फिल्म ‘एक्लो-१’ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा प्रदीप खड्का ‘कल्की’ को अवतारमा देखीएका छन् । फिल्म १३ गतेबाट छायांकनमा जाने निर्माण पक्षले जानकारी दिएका छन् ।
प्रदीप शाहीको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदीपका अलावा बेलायती अभिनेता जेमी बेकन, बेनिशा हमाल, विजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरी, दिया पुन, कविता नेपाली, लगायत कलाकारहरुको अभिनय रहने छ ।
साई प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यस फिल्मका कार्यकारी निर्माताको क्षितिज सुवेदी हुन् । अन्तरिक्षको कथा रहेको यो फिल्म सन् २०२५ मा प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छन् ।