बलिउड गायक कुनाल गाँजावाला र सोनु कक्करको आवाजमा फिल्म ‘रावायण’ को नयाँ गीत ‘तिम्रै लागि’ सार्वजनिक ।

बलिउडका प्रसिद्ध गायक कुनाल गाँजावाला र सोनु कक्करको आवाजमा फिल्म ‘रावायण’ को नयाँ गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।

गीतको शब्द कृष्णहरि बरालले लेखेका छन् भने सङ्गीत नीरज सिंहको रहेको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। 

सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्म सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण गरिएको हो। पूजा शर्मा  निर्मात्री रहेको यस  फिल्मका कार्यकारी निर्माता सुशन पाठक हुन्।

यो फिल्ममा पल शाह र पूजा शर्माका साथै प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा शिवम् अधिकारीको कथा लेखन रहेको छ भने प्रदीप श्रीवास्तवले पटकथा लेखेका छन । सौरभ लामाको छायाङ्कन रहेको यस फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

गीत यस्तो छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *