भेनिस फिल्म फेस्टिभलको ८१ औं संस्करण सुरू ।

संसारको सबैभन्दा पुरानो र प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलको ८१ औं संस्करण बुधबार देखि इटालीमा सुरु भएको छ। ११ दिने फिल्म फेस्टिभल सेप्टेम्बर ७ सम्म चल्नेछ । फेस्टिभलको ओपनिङ ‘बिटलजुइस बिटलजुइस’ बाट भएको छ जुन अर्को सातादेखि विश्वव्यापी प्रदर्शन हुँदैछ ।

एन्जेलिना जोली, लेडी गागा, जर्ज क्लुनी, ब्राड पिट, केट ब्लान्चेट, डेनियल क्रेग, टिल्डा स्विन्टन, जुलियाना मुर्रे, केभिन कस्टनर, जुड ल, जोकिन फिनिक्स फेस्टिभलमा उपस्थिती रहेको थियो ।

भेनिसको शीर्ष उपाधिका लागि हुने प्रतिस्पर्धामा टोड फिलिप्सको ‘जोकर : फोली ए ड्यूक्स’, पाब्लो लरेनको एन्जेलिना जोली स्टारर ‘मारिया’, किडम्यान र ह्यारिस डिकिन्सन अभिनित ‘बेबीगर्ल’, लुका गुआडाग्निनोको ‘क्वियर’, क्रेग र जेसन श्वार्ट्जम्यानको पहिलो अंग्रेजी भाषाको फिल्म ‘द रुम नेक्स्ट डोर’ जस्ता फिल्महरू छन् ।

इसाबेल हपर्ट जुरी प्रमुखको रुपमा छिन भने जेम्स ग्रे, एन्ड्रयू हेग, एग्निएस्का हल्यान्ड, क्लेबर मेन्डोन्सा फिल्हो, अब्देररहमाने सिसाको, ज्युसेप्पे टोर्नाटोर, जुलिया भोन हेन्ज र झांग जिइ जुरी सदस्य छन् ।

यो फेस्टिवलमा नेपाली फिल्म ‘पूजा, सर’ भेनिसमा आज वर्ल्ड प्रिमियर हुने कार्यक्रम रहेको छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *