प्रदीप खड्का अभिनित फिल्म ‘एक्टर: टेक वन’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । आज बिहीबार सार्वजनीक गरिएको पोस्टरमा प्रदीप खड्का घाइते अवस्थामा देखीएका छन्। उनको अनुहारमा गहिरो चोट लागेको पनि देखिन्छ ।
फिल्ममा प्रदीप खड्का सँगै राजवल्लभ कोइराला, आना शर्मा, दिव्य देव, सुशिल सिटौला, उषा रजक, अनुज पाण्डे, प्रदीप चौधरी, बादल भट्ट, सुप्रज्ञा शर्मा, सृजना अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको छ । दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले पनि यो फिल्मबाट डेब्यू गर्दै छिन् ।
राजन भुसालको निर्देशन रहेको यस फिल्मका निर्माता थमन कुमार भण्डारी हुन । अधिकृत फिल्मस र मोती फिल्मको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, आकाश बराल र राजन भुसालको पटकथा रहेको छ।