चलचित्र विकास बोर्डको अध्यक्ष पदमा कलाकार दिनेश डीसी नियुक्त ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा कलाकार दिनेश डीसी नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको जानकारी मन्त्रालयले दिएको छ।

अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष पनि हुन्। उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता रूपमा पनि निकै चर्चित छन्।

फिल्म ‘सुनचाँदी’ मार्फत फिल्म क्षेत्रमा अभिनेताका रूपमा प्रवेश गरेका डीसीको पछिल्लो निर्देशन रहेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ थियो।

चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसीले चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै फिल्म बजार विस्तार गर्ने, बक्स अफिसलाई सुचारु गर्ने, र नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा काम गर्ने बताएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *