‘रावायण’ को ‘करेजा निकारी’ गीत सार्वजनिक ।

भदौको २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’ को ‘करेजा निकारी’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निकिता चण्डकको आइटम नृत्य हेर्न सकिन्छ ।  गीतको भिडियोमा पल शाह र प्रकाश शाहले साथ दिएका छन् । 

भोजपुरी भाषामा तयार भएको गीतमा सोनु कक्कर र समीर चौरसियाको स्वर रहेको छ भने रेवन आरती सिंहको शब्द रहेको छ । गीतमा अनामिका चौहानको संगीत रहेको छ ।

पूजा शर्माको एकल लगानीमा रहेको फिल्ममा पल र पूजा सँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह लगायत कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको यो फिल्ममा विक्रम स्वारको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

पूजा शर्मा फिल्मस् र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा यो फिल्म निर्माण भएको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । गीतको भिडियोले फिल्मको परिवेश देखाएको छ ।

भिडियाे हेर्नुहाेस।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *