‘यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक।

नेपाली फिल्म क्षेत्रको अन्तराष्ट्रिय बजार बिस्तार र चलचित्रकर्मी देखि कलाकारहरुलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुने ‘यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२४’ को उत्कृष्ट ५ फिल्मकर्मी तथा फिल्मको नाम सार्वजनिक गरिएको छ । आयोजकका अनुसार यो अवार्ड १८ विधामा प्रदान गर्ने तयारी गरिएको छ।

सन् १९६० देखि सुरु भएको यति नेपाली एसोसियसन, युकेको आयोजना तथा संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको व्यवस्थापनमा सेप्टेम्बर १४ तारिखको दिन लण्डनमा अवार्डको आयोजना हुँदैछ । सन् २०२३ को अप्रिल १४ देखि सन् २०२४ को जुन २१ सम्म प्रदर्शन भएका फिल्महरूलाई आधार मानेर अवार्ड नोमिनेशन सार्वजनिक गरेको आयोजकले जानकारी दिएको छ।

जुरी संयोजकमा वरिष्ठ कलाकार तथा एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष सुनिल थापा, जुरी सदस्यमा गौरी मल्ल र उज्ज्वल घिमिरेले सहभागी थिए । प्रदर्शनमा आएका फिल्महरू नयाँ बानेश्वर स्थित एभरेष्ट फिल्म एकेडेमीमा स्क्रिनिङ गरी जुरीहरुले मनोनयन छनोट गरेका हुन् । 

१८ विधाका नोमिनेशनहरु यस प्रकार छन् ।

१. उत्कृष्ट फिल्म : गाउँ आएको बाटो-मनच्याएम पिक्चर्स र बाँसुरी फिल्मस् , प्रसाद २ उस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सन, जारी-बाँसुरी फिल्मस्, फर्की फर्की- रोहित अधिकारी फिल्मस् , दिमाग खराब- सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्स ।

२. उतृष्ट अभिनेता : दिमाग खराब-खगेन्द्र लामिछाने, प्रसाद २- विपिन कार्की, फर्की फर्की-अनमोल केसी, गाउँ आएको बाटो- दयाहाङ राई, पुजार सार्की-प्रदीप खड्का ।

३. उत्कृष्ट निर्देशक : जारी-उपेन्द्र सुब्बा, दिमाग खराब-निश्चल बस्नेत, प्रसाद २- सुदर्शन थापा, फर्की फर्की-सुयोग गुरुङ, गाउँ आएको बाटो- नबिन सुब्बा ।

४. उत्कृष्ट अभिनेत्री : प्रसाद २-केकी अधिकारी, फर्की फर्की- जसिता गुरुङ, गाउँ आएको बाटो- पशुपति राई, जारी-मिरुना मगर, परस्त्री-शिल्पा मास्के ।

५. उत्कृष्ट कथा/पटकथा : प्रसाद २- सुशील पौडेल, दिमाग खराब- आकाश बराल, जारी- उपेन्द्र सुब्बा ।

६. उत्कृष्ट सम्पादक : प्रसाद २- मिलन श्रेष्ठ, दिमाग खराब- क्वान पुन लेउन, फर्की फर्की- सुरेन्द्र पौडेल ।

७. उत्कृष्ट छायांकार : प्रसाद २- राजेश श्रेष्ठ, फर्की फर्की- नरेन्द्र मैनाली, जारी- शैलेन्द्र डी कार्की ।

८. उत्कृष्ट गायक : नांगो गाउँ- एसडी योगी (सुन सुन सुन्दरी), पुजार सार्की- प्रकाश सपुत (दर्शन गरेँ जारी–कालिप्रसाद बाँस्कोटा (चरी बस्यो) ।

९. उत्कृष्ट गायिका : नांगो गाउँ- अञ्जु पन्त (सुन सुन सुन्दरी) पुजार सार्की- शान्तिश्री परियार (दर्शन गरेँ),

बोक्सीको घर– समीक्षा अधिकारी (बुझिन मैले) ।

१०. उत्कृष्ट नृत्य निर्देशक : नांगो गाउँ- रामजी लामिछाने (सुन सुन सुन्दरी), पुजार सार्की- शिशिर खत्री (दर्शन गरेँ), फर्की फर्की- किरण थापा (फर्की फर्की) ।

११. उत्कृष्ट खलपात्र : प्रसाद २- अर्पण थापा, अगस्त्य- प्रमोद अग्रहरी, ऐचौं पैचौं- कोशिश क्षेत्री ।

१२. उत्कृष्ट संगीतकार : नांगो गाउँ- सुशान्त गौतम (सुन सुन सुन्दरी), बोक्सीको घर- प्रकाश सपुत (बुझिनँ मैले), जारी- कालीप्रसाद बाँस्कोटा (चरी बस्यो) ।

१३. पपुलर अभिनेता

१४. पपुलर अभिनेत्री

१५. उत्कृष्ट अभिनेता, जुरी

१६. उत्कृष्ट अभिनेत्री, जुरी

१७. पर्फर्मर अफ दि इयर 

१८. लाईफ टाइम अचिभ्मेन्ट अवार्ड 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *