ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो चलचित्र हेर्नका लागि महिलाहरूको बाक्लो उपस्थिति देखियो ।

‘उपहार’हेर्न हल पुगेका अधिकांश दर्शकले यसको विषयवस्तु, कमेडी र कलाकारको अभिनयको तारिफ गरेका छन् । लामो समयपछि मनोरञ्जन र गम्भीर विषयले भरिएको फिल्म हेर्न पाएकोमा फिल्मलाई तारिफ गरेका छन्।काठमाडौं बाहिर भने शो काम भएपनि फिल्मले राम्रो व्यापार गरेको बताएको छ।

रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अन्सु महर्जन लगायतको अभिनय रहेको फिल्मको आज पनि आक्रामक व्यापार हुने एस्टिमेट गरिएको छ।