निर्देशक दिपेन्द्र लामाको आगामी फिल्म ‘दुःखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन्।
कथाको मागअनुसार नै अनुपलाई कास्ट गरेको निर्माण पक्षले जानकारी दिएका छन् । फिल्मको पटकथा पनि निर्देशक आफैले लेखेका हुन ।
भदौको २४ गतेबाट छायांकनमा सुरु हुन लागेको यो फिल्म क्लक वर्क क्रिएसन्सको व्यानरमा निर्माण हुँदैछ।
हिमाल कडरियाको निर्माणमा बन्ने यस फिल्ममा आलोक शुक्लाको छायांकन रहने छ ।
सामाजिक कथावस्तु रहेको यो फिल्ममा अनुप सँगै दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ ।