चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष ‘दिनेश डीसी’ ले बोर्डका पूर्व अधक्ष्य भुवन केसीको चलचित्र विकास बोर्डले फिल्म बनाउने योजना खारेज गरेका छन्। भुवन केसीको कार्यकालमा बोर्डले फिल्म बनाउने घोषणा गरे सँगै बजेट पनि छुट्टाएको थियो ।
हिजो पदभार ग्रहण गर्दै अधक्ष्य डीसिले ‘चलचित्र विकास बोर्डले फिल्म बनाउने होइन, फिल्म बनाउनेहरुलाई सहयोग गर्ने हाे’ भनेका हुन । उनले बोर्डले भ्यानेटी भ्यान किन्ने योजनालाई समेत अर्थ नभएको भनेका हुन ।
अब विकास बोर्डलाई शून्यबाट अगाडि लैजाने भन्दै सबैको सहयोग र साथको अपेक्षा रहेको अध्यक्ष डीसिले बताएका हुन । विकास बोर्डले सम्पादनको टेबल बनाउन भन्दा पनि सम्पादकहरुलाई सहयोग गर्ने बताएका हुन।