‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक ।

कात्तिकको १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ । टिजरमा बाबु( विजय बराल) र छोरा (प्रकाश सपुत) को सम्बन्धलाई देखाइएको छ । 

टिजरमा एउटा बुवाले आफ्नो सन्तानको लागि गर्ने संघर्षको कथा रहेको अनुमान गर्न सकिन्छ । फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने कथा पनि उनकै रहेको छ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको यो फिल्ममा मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा, प्रकाश सपुत, माओत्से गुरुङ, अञ्जना बराइली, देशभक्त खनाल, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जीवन पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ।

रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा महेश दवाडीको पटकथा र संवाद रहेको छ भने प्रशान्त सिवाकोटीको संगीत रहेको छ। 

शिवराम श्रेष्ठको छयाङकन रहेको यस फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ भने रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ। फिल्मलाई सेभेन सिज इन्टरटेन्मेन्टले विश्वब्यापी रूपमा वितरण गर्दै छ ।

टिजर यस्तो छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *