दिपेन्द्र गौचनको निर्देशनमा बनेको फिल्म मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी टिजर सार्वजनीक गरिएको छ । टिजर सार्वजनिक गरे संगै फिल्मको प्रदर्शन मिति पनि तय भएको छ। ट्राइ सिटि पिक्चर्सको निर्माणमा बनेको यो फिल्म कार्तिक ३० गते देखि प्रदर्शन हुने भएको छ।
‘उजेली : ए चाइल्ड ब्राइड इन नेपाल’ बनाएको दुइ दशक पछि निर्देशक गौचन फिल्ममा पुनरागमन गर्दै छन्। तराई क्षेत्रको पृष्ठभूमिमा बनेको यो फिल्म यस ब्यानरको पहिलो फिल्म हो। फिल्ममा पहाडी समुदायको केटा र मधेसी समुदाय की केटिको मेलमिलापको कथा रहेको देखिन् सकिन्छ ।
अमर महर्जनको छायांकन रहेको यस फिल्ममा सृष्टि श्रेष्ठ, नाजिर हुसेन, संजय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, कौशल्या ठाकुर, रीना रिमाल, ललिता देवी मिश्रा, रुपेश मण्डल, सुदीप पटेल लगायत कलाकारहरुको अभिनय रहेको छ।
निमेश श्रेष्ठले सम्पादन रहेको यो फिल्ममा नकिम उद्दिन कार्यकारी निर्माता छन् भने शंकर महर्जनको द्वन्द निर्देशन रहेको छ। दिपेन्द्र गौचन, प्रवेश मुल्लिक र करुण थापाको संगीत रहेको यस फिल्ममा सितुसित बस्नेत, रोहित जोन छेत्री, प्रवेश मुल्लिक, नेहा प्रियादर्शनि, कारण परियार र इन्द्र जोशी स्वोर रहेको छ।