‘कार्साङ’ को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ ।

दयाहाङ राई अभिनित नयाँ फिल्म ‘कार्साङ’ को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ । यो फिल्म अब पौष २६ गते प्रदर्शन हुने भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर फिल्मको प्रदर्शन मिति तय गरिएको निर्माण पक्षले जनाएका छन् 

पोष्टरमा दयाहाङ राई र सृजना निङलेखुलाई देख्न सकिन्छ । यम शेर्पाको निर्देशन रहेको यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्म सामाजिक कथावस्तुमा बनेको हो ।

फिल्ममा दया र सृजनाका अलावा दिया मास्के, बुद्धि तामाङ, जीतु नेपाल, प्रेम लोप्चन लगायत कलाकारहरुको अभिनय रहेको छ। आङछिरिङ शेर्पा कार्यकारी निर्माता रहेको यस फिल्ममा गोविन्द शाही सह निर्माता हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *