कुमार कट्टेल ‘जिग्री’ को निर्देशनमा तयार भइरहेको फिल्म ‘लाज शरणम्’ को छायांकन केही दिनपछि डोल्पामा सुरु हुँदैछ । भदौको २२ गते बाट छायांकन सुरु हुने फिल्मका केही कलकारहरुको टोली त्यहाँको स्थानीय वेषभुषाको अध्ययन गर्न केही दिन अगाडि डोल्पा पुगेका थिए ।
अर्जुन घिमिरे, हरिश निरौला, विजय बराल,भोलाराज सापकोटा, महेश त्रिपाठी, रेणु योगी लगायत कलाकारहरू डोल्पा पुगिसकेका छन् । महेश त्रिपाठी लगायत कलाकारहरुले भने डोल्पाली भाषा सिकिरहेका छन ।
फागुन १४ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा अर्पण थापा, प्रशान्त ताम्राकार, सागर लम्साल, बबिन राई, माला लिम्बु, मुकुन्द श्रेष्ठ, प्रियाना आचार्य, देशभक्त खनाल लगायत कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ।