विराज भट्टको निर्माण तथा निर्देेशनमा तयार भएको फिल्म ‘१२ गाउँ’ को पहिलो ‘सिनेमा हेर्न जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनीक भिडियोमा अभिनेता समीर भट्ट र सोनु चन्द्रपाललाई देख्न सकिन्छ । समीरको यो डेब्यू फिल्म हो भने दक्षिण भारतीय अभिनेत्री सोनुले पनि पहिलो पटक नेपाली फिल्ममा अभिनय गर्दै छिन् ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यस फिल्ममा बलिउड गायक नकाश अजिजको स्वर छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा समीरले अब्बल नृत्य गरेको देख्न सकिन्छ।
विराजको कथा, सन्तोष सरकारको पटकथा तथा संवाद रहेको यो फिल्ममा समीर सँगै विराज भट्ट, दिया मास्के, नरेन खड्का, कृष्ण भट्ट, न्यान्सी खड्का, सनिषा भट्टराई, भीष्म जोशी, मुरलीधर, कनिज कोइराला लगायत कलाकारहरुको अभिनय रहेको छ।
असोजको २४ गते फूलपातीको अवसरमा प्रदर्शनमा आउने यो फिल्ममा केएल र भुपेन्द्र अधिकारीको सम्पादन, महेश पौडेल र राजु लामाको छायांकन रहेको छ।