बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप आज दिउँसो त्रिभुवन विमानस्थलबाट नेपाल आएका छन् । भीआइपी कक्षबाट बाहिरिएका अभिनेता सिद्दिकी र निर्देशक कश्यपलाई फिल्म ‘साम्बाला’ का निर्देशक मिन भावले स्वागत गरेका हुन ।
फिल्म ‘साम्बाला’ को प्रिमियरमा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । भोलि आइतबार काठमाडौंमा आयोजना हुन लागेको प्रिमियरमा नवाजुद्दिन र अनुराग विशेष आकर्षणमा रहनेछन् ।
अनुराग कश्यपले भने :
नेपाली फिल्म, हिन्दी फिल्म भन्दा उत्कृष्ट बन्न थालेका छन् र नेपाली फिल्म निर्माणमा म सघाउन तयार छु । कुन भाषामा बनाउँछु थाहा भएन तर, म सघाउन तयार छु ।
नवाजुद्दिन सिद्दिकीले भने :
मीन भाम प्रतिभाशाली निर्देशक हुन् र भविष्यमा उनीसँग काम गर्ने कुरामा आशावादी छु । शाम्बाला उत्कृष्ट फिल्म बनेको छ र मलाई शाम्बाला मन परेकै कारण म नेपाल आएको छु । मैले बर्लिनमा शाम्बाला हेरेँ थिए र शाम्बालाबाहेक अर्को एक नेपाली फिल्म हेर्ने पनि तयारी रहेको छ।